samajikkhabar.com

बुटवल,मंसिर ९ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पुँजी बजार अझै धेरै विस्तार हुन बाँकी रहेकाे र अहिलेसम्म यसको दायरा निकै सानो रहेकाले विस्तारको अधिक सम्भावना रहेकाे बताएका छन् । उनले पुँजी बजारबाट तत्काल भन्दा पनि दीर्घकालमा लाभ लिने हिसाबले लगानी गर्नुपर्ने बताएका छन् ।

साेमबार बुटवल क्षेत्रका लगानीकर्तालाई पुँजी बजारमा अनलाइन प्रयोग गर्ने विषयमा जानकारी दिन बुटवलमा आयोजित कार्यक्रममा साउदले भने-“सेयर बजार तत्काल लाभ दिने नगदे बाली जस्तो नभएकाले दीर्घकालीन सोचका साथ लगानी गर्नुपदर्छ।” सेयर बजारका लगानीकर्ताले कम्पनीको समग्र अध्ययन गरेर मात्रै पुँजी बजारमा प्रवेश गर्नसमेत उनले आग्रह गरे।

उक्त कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने  नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी समेत सहभागी रहेका थिए ।

samajikkhabar.com