samajikkhabar.com
himani shah

पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक कार्यमा अग्रसरता देखाएकी छिन् । प्राकृतिक विपत्ति परेकाहरूलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको ‘ सन्देश संग्रह ’ पुस्तक विमोचनमा बोल्दै उन्ले, विक्री-वितरणमा राखिएको पुस्तकबाट प्राप्त रकम पनि सोही कोषमा जम्मा गरिने स्पस्ट पारेकी छिन् । हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी पूर्वयुवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको समेत स्पष्ट पारिन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पूर्व औरहीका अग्निपीडित, पश्चिम खारापानीका बाढीपीडित, सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको स्पष्ट पारेकि हुन् ।

हिमानी ट्रष्टले सामाजिक सेवा अन्तर्गत भूकम्प पीडित लगायतलाई पनि राहत वितरण गर्दै आएको छ ।

samajikkhabar.com