samajikkhabar.com

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको नेकपाले आज लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा विशाल जनसभा गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली शनिबार बिहान बुटवल प्रस्थान गर्दै छन् ।

बिहान ११ बजे बुटवलस्थित सिद्देश्वरी मैदानमा हुने जनसभालाई सम्बोधन गर्न महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री तथा स्थायी कमिटी सदस्य टोपबहादुर टोपबहादुर रायमाझी, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुटवल पुगिसकेको नेकपा लुम्बिनीका अध्यक्ष लिला गिरीले जानकारी दिए ।

आजको जनसभा ऐतिहासिक हुने ओली समूहका नेताहरूले बताएका छन् । लाखौं जनता जनसभामा सहभागी हुने नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

सभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल ¥याली निकालेका थिए । उनीहरूले बुटबलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए ।

नेकपा ओली समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा जनसभा गरिसकेको छ ।

samajikkhabar.com