samajikkhabar.com
सिंहदरबार वैद्यखानामा स्वास्थ्य मन्त्री यादवको छड्के
सिंहदरबार वैद्यखानामा स्वास्थ्य मन्त्री यादवको छड्के

सिंहदरबार वैद्यखानामा आज उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादबले छड्के अनुगमन गर्नु भएको छ । अनुगमन पछि मन्त्री यादवले वैद्यखानाको अनुगमन गरी प्रगति विवरण र भावी योजना मन्त्रालयमा पेश गर्न वैद्यखानाका निर्देशकलाई निर्देशन दिनुभएको छ ।

आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको वैद्यखाना प्रति वड्दो जनगुनासो पछि मन्त्री यादवले अनुगमन गर्नुभएको हो । अनुगमनको क्रममा चार दर्जन कर्मचारी रहेको वैद्यखानामा मात्र ४ जना कामदार काम गर्दै गरेको पाइएको थियो । वैद्यखानाको यो अवस्था देखेर मन्त्री यादवले असन्तुष्टी व्यक्त गर्नुभएको छ ।

अनुगमनमा मन्त्री यादव सँगै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव ,मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. के के राई सहभागि हुनुहुन्थ्यो ।

samajikkhabar.com