samajikkhabar.com

मकवानपुरको विभिन्न स्थानमा शंकास्पद वस्तुहरु देखिनुका साथै केहि स्थानमा आगजनीको घटना बाहिर आएका छन् । साउन १५ गते बिप्लव समुहले गरेको बन्द को अवज्ञा गरेको भन्दै ती घटना घटाइएको हुनसक्ने अनुमान गरिएकोछ । घटनामा मकवानपुरको ज्यामिरेमा बा १४ च ८२३४ नम्बरको कार र बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनि भएको हो ।

आगजनीको कारण कारमा पुर्णरुपमा क्षति पुगेको छ । भने ट्रकमा केहि क्षति पुगेको प्रहरीले जनाएको छ । अन्य ४ स्थानमा प्रहरीले शंकास्पद बस्तु फेला पारेको छ । उक्त वस्तु बिस्फोटक वस्तु हुनसक्ने भन्दै नेपाली सेनाको टोलि त्यस तर्फ जाँदै छ ।

काठमाण्डौँ उपत्यका इन्चार्ज माईला लामा पक्राउ परेको विरोधमा बिप्लव समुहले बन्दको आह्वान गरेको थियो । बिप्लव समुहले बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्दको आह्वान गरेको हो ।

बिप्लब बन्द
बन्दको अवज्ञा गरेको भन्दै आगजनी
samajikkhabar.com