samajikkhabar.com
neb class 12 examination result published
neb class 12 examination result published

कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ । गएको बैसाखमा भएको परिक्षाको नतिजा आज प्रकाशित गरिएको हो ।
राष्ट्रिय परिक्षा बोर्डले नियमित , ग्रेड वृद्धि आंसिक तर्फको सबै विषय र संकाय तर्फको नतिजा सार्वजनिक गरेको हो । जसमध्ये सबैभन्दा धेरै विद्यार्थीले ल्याएको जि.पि.ए २.०१ देखि २.४० हो ।

२.०१ देखि २.४० जि.पि.ए ल्याउने विद्यार्थीको संख्या ८६,२२७ जना रहेको छ भने ३.६१ देखि ४ जि.पि.ए ल्याउने विद्यार्थीको संख्या ३,०६७ मात्र रहेको छ । त्यस्तै १६,२०४ जनाले ३.२१ देखि ३.६० जि.पि.ए, ३१,०६२ जनाले २.८१ देखि ३.२० जि.पि.ए ल्याएका छन् ।
१.६१ देखि २ जि.पि.ए ६२,६१९ जनाले ल्याउँदा १९,५८५ जनाले १.२१ देखि १.६० जि.पि.ए ल्याएका छन् । १६,८८६ जनाले ० देखि १.२० जि.पि.ए ल्याएका छन्।


राष्ट्रिय परिक्षा बोर्डका अनुसार नियमित तर्फ २,९२,१५३ , ग्रेडबृद्धि तर्फ ७,८७४ र आंसिक तर्फ ५७,१७० विद्यार्थी सहभागि थिए ।

नतिजा हेर्न :

  • ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ ,
  • मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।
    जस्तै : तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

सबैलाई शुभकामना

singhadurbardaily team 🙂
samajikkhabar.com