samajikkhabar.com
neb result 2076 class 12
NEB result 2076 examination board

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षाफल आज प्रकाशन गर्ने तयारी पुरा गरेको जानकारी दिएको छ ।
राष्ट्रिय परिक्षा बोर्डको अनुसार परिक्षाफल प्रकाशन गर्नको लागि सम्पुर्ण तयारि पुरा भैसकेकोले साँझ बोर्डको बैठक बसेर निर्णय गरेपछि परिक्षाफल प्रकाशन गर्ने उद्देश्यले आज बोर्डको बैठक बोलाइएको छ ।
बिगतमा विषय अनुसार परिक्षाफल प्रकाशित हुने भएपनि यसपटक भने सबै विषयको परिक्षाफल एकै पटक सार्वजनिक गर्न लागिएको छ । गत बैसाखमा संचालन भएको परिक्षामा झण्डै ४ लाख परिक्षार्थि सहभागि भएका थिए ।

नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसवाट नतिजा हेर्न सकिन्छ।

  • ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ ,
  • मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।
    जस्तै : तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।
samajikkhabar.com