samajikkhabar.com

काठमाडौं : राष्ट्रपति विद्या देवि भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित गरेकी छन् । सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सह सचिव हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोति गरेकी हुन्। गौतमको आजै सपथ ग्रहण समेत हुने भएको छ । दिउसो ४ वजे गौतमको सपथ ग्रहण हुने जनाइएको छ ।

राष्ट्रियसभा सचिवालयका अनुसार गौतमको शपथ बिहीबार नै हुनेछ। नेता गौतमको निजी सचिवालयले समेत शपथका लागि तयारी अवस्थामा रहन विहिवार दिउसो खबर आएको जानकारी दिएको छ।

samajikkhabar.com