samajikkhabar.com

बुधवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,५३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो एकै दिन पुष्टि गरिएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।

सो अवधिमा आठ जनाको मृत्यु भएको उसको तथ्याङ्कले देखाउँछ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५८,००० नाघेको छ।

सरकारका अनुसार अहिलेसम्म ३७९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

अहिले देशभरि १६,२४८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ८,५४१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।

प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ।

त्यसमा पनि काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा १०,४९४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताए।

डा. गौतमका अनुसार सो अवधिमा सङ्क्रमितमध्ये थप १,०६८ जना कोभिड-१९ मुक्त भएका छन्।

अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।

मङ्गलवार सङ्क्रमितको सङ्ख्यामा सर्वाधिक वृद्धि हुनुको साथै थप ११ जनाको मृत्यु भएको थियो भने सोमवार मन्त्रालयले १,१७० जनामा सङ्क्रमण र १५ जनाको मृत्यु पुष्टि गरेको थियो।

गत भदौ २६ गते मन्त्रालयले १,४५४ जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो। त्यो यसअघि एकै दिनमा पुष्टि भएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या थियो।

samajikkhabar.com