samajikkhabar.com

काठमाडौं:नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिदे सुगालाई बधाई दिएका छन्।

बुधबार जापानको तल्लो सदनमा भएको चुनावमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) का नेता सुगा प्रधानमन्त्री चुनिएका थिए।

नेता पौडेलले सुगाको नेतृत्वमा अहिलेको विषम परिस्थिति पार गर्दै राम्रो प्रगती हासिल गर्न र विश्व शान्ति तथा भाइचारा कायम गर्न सफल हुने समेत विश्वास गरेका छन्।

बुधबार शुभकामना सन्देश दिँदै पौडेलले निकालेको विज्ञप्तिमा सुगाको नेतृत्वमा नेपाल-जापान सम्बन्ध अझ सवल हुँदै जाने विश्वाससमेत गरिएको छ।

samajikkhabar.com