samajikkhabar.com

काठमाडौं : काठमाडौं उपत्यकामा ४३१ सहित देशभर १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा १२०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालभर १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतकमध्ये ५ जना उपत्यकाका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

साथै ३७ हजार ५ सय २४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८ सय ५२ जना डिस्चार्ज भएका छन् ।

samajikkhabar.com