काठमाडौं : मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाका कारण ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्युको घोषणा गरेको छ ।
शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरको रिङरोडभित्र कर्फ्यु घोषणा गरिएको हो ।
सूचना अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी अनुसार ललितपुरको रिङरोड क्षेत्रभित्र कर्फ्यु लगाइनेछ ।