samajikkhabar.com

काठमाण्डाै : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय २० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २३ हजार दुई सय ९० पुगेको छ ।

अब नेपालमा १८ हजार एक सय आठ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ६६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

यो पनि पढ्नुहोस:

काठमाण्डाै उपत्यकामा निषेधाज्ञा भदौ २४ गते राती १२ बजे सम्मलाई लम्बियो

कोरोना समुदायस्तरमा प्रवेशको खतरा

आज सुनको मूल्य तोलामा १२ सयले घट्यो

सात वर्षीया छोरीलाई बलात्कार गर्ने पक्राउ

अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट, पछील्लो २८ वर्षमा पहिलो पटक मन्दीको अवस्था देखियो

सोह्र श्राद्ध आजदेखि सुरु

samajikkhabar.com