samajikkhabar.com

काठमाडौं : काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ।

कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता (भाद्र २५ गते सम्म) निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको थियो ।

‘यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा थप्नेतर्फ छलफल भएको छ । मोडालिटी तय गरेपछि बुधबार थप निर्णय हुन्छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने ।

पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ भदौ (आज) मध्यरातिबाट सकिँदैछ । निषेधाज्ञा एक हप्ता थप्ने तयारीका विषयमा पनि कुराकानी भएको छ ।

होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिने विषयमा समेत छलफल भएको छ भने निर्माणजन्य कामलाई खुला गरिने सम्भावना छ । सो विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । गृहमा हुने छलफलपछि निर्णय हुनेछ ।

उपत्यकामा कोरोना संक्रमण बढेपछि गत ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा पछि पुनः एक साता थप गरिएको थियो । पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ भदौ (आज) मध्यरातिबाट सकिँदैछ ।

यो पनि पढ्नुहोस:

वीर अस्पतालका चिकित्सकसहित ७१ जना कर्मचारीमा कोरोना, ओपीडी सेवा बन्द

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजको चौथो हार

आजको राशिफल : २०७७ भदौ १७ गते बुधवार

यूरिया मलको सहज आपूर्ति गर्न बंगलादेश सकारात्मक : प्रधानमन्त्री

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

samajikkhabar.com