samajikkhabar.com

काठमाडौ : काठमाडौँ उपत्यकामा अहिले सम्मकै धेरै संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा ४८१ जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार उपत्यकाका काठमाडौँ ३९३, ललितपुरमा ५८ र भक्तपुर ३० जनामा कोरोना पुष्टि भएको हो। उपत्यकामा संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ६९ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। हालसम्म संक्रमित हुनको संख्या ४० हजार ५२९ रहेको प्रवक्ता गौतमले जनाकारी दिए। आज १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको उनले जनाकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ। निको हुने दर ५५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए।

यो पनि पढ्नुहोस:

भूकम्पको धक्का महसुस

उपत्यकामा ४८१ सहित थप एक हजार ६९ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

अब सोचेकै भरमा कम्प्युटर चलाउन सकिने

निषेधाज्ञाबारे निर्णय लिने अधिकार गृहमन्त्रालयलाई सुम्पने उपत्यकाका प्रजिअहरुको तयारी

कोभिड अस्पताल प्रमुख पोखरेलले दिइन् राजीनामा

चितवनमा अस्पताल चहार्दा चहार्दै कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गयो

samajikkhabar.com