काठमाण्डौ : सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी साधन संचालन असोज १ गतेदेखि शुरू गर्ने निर्णय गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि भदौ १६ गतेदेखि यस्ता सवारी साधन संचालन गर्ने निर्णय गरेको भएपनि कोरोनाका कारण जोखिम कायमै रहेकाले त्यसलाई असोज १ गते सारिएको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. युवराज खतिवडाले बताए ।
डा. खतिवडाले आन्तरिक हवाई उडान पनि असोज १ गतेदेखि नै खुला गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।