samajikkhabar.com

दाङ : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल शनिबारदेखि बन्द भएको छ ।

अस्पतालमा कार्यरत दुई चिकित्सक, पाँच स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएका हो ।

अस्पतालको आपतकालीन बैठकले अर्को सूचना जारी नहुँदासम्म अस्पताल बन्द गरी ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्रोत व्यक्ति विमल केसीले बताए ।

उनका अनुसार अस्पतालमा रहेका सबै बिरामीको स्वाब सङ्कलन गरिने छ ।

योसँगै जिल्लामा शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये घोराहीका १० जनामा कोरोना पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका वडा नं ८ का २५ वर्षका पुरुष, वडा नं १० का २५, ३०, ३२ वर्षका पुरुष र ३४ वर्षकी एक महिला, वडा नं  ११ का ५३ वर्षीय पुरुष र वडा नं १५ का २०, ४२, ५४ र ५७ वर्षका पुरुष गरी १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस:

आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानसहित ६ जनाको दौड, कसको सम्भावना कति ?

बाग्लुङमा भोज आयोजना गर्ने नै कोरोना सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन

उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

samajikkhabar.com