samajikkhabar.com

काठमाण्डौ : उपप्रधान, गृह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोरोनाको पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । 

कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीकाे गएको आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उहाँहरुको पीसीआर परीक्षण गरिएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका महानुभाव सीसीएमसीको बैठकमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुको हिजो बेलुका परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो । 

बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गएको बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै जना आइसोलेशनमा बस्नुभएको थियो ।

यो पनि पढ्नुहोस:

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर

नेपालमा कोरोना : कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ७८ हजार बढीमा कोरोना संक्रमणबाब नदिउँ, राज्यको धेरै पैसा खर्च हुन्छ

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

samajikkhabar.com