samajikkhabar.com

काठमाण्डाै : सरकारले पीसीआर परीक्षणको लागि दबाब नदिन आग्रह गरेको छ ।

पीसीआर परीक्षण महँगो भएको र सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेहरुले मात्रै परीक्षण गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गर्नुएको हो ।

सरकारले आवश्यक ठानेका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ । पीसीआर परीक्षण नै कोरोनाको औषधि जस्तो नगर्न तथा शंका लागेका र कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएकाहरु घरमै आइसाेलेशनमा बस्दा सबैभन्दा उत्तम हुने प्रवक्ता गौतमले बताउनुभयाे ।

उहाँले होम आइसोलेशनमा बस्दा आफू मात्रै नभइ अरु व्यक्ति पनि सुरक्षित हुने भएकाले लक्षण नदेखिएकाहरु आइसोलेशन सेन्टर या अस्पतालमा जानु नपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस:

बलात्कारको आरोपमा पुजारी पक्राउ

८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

कोरोनाबाट नेपालमा पुस मध्यसम्म ५० हजारको ज्यान जाने आँकलन सत्प्रतिशत गलत : जनस्वास्थविद्

चीनले नेपालका सरकारी अस्पतालका पीसीआर रिपाेर्ट नमान्ने

त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैंअघि नहुने

samajikkhabar.com