samajikkhabar.com

काठमाडौं : शनिबार देशभर कोरोनाका ८ सय ८४  संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४०  पुगेको छ।

विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्।

देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् ।

यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/ १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस:

कोरोनाबाट नेपालमा पुस मध्यसम्म ५० हजारको ज्यान जाने आँकलन सत्प्रतिशत गलत : जनस्वास्थविद्

चीनले नेपालका सरकारी अस्पतालका पीसीआर रिपाेर्ट नमान्ने

त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैंअघि नहुने

फर्सीको मुन्टा खानुका फाइदै फाइदा

सरकारले कोरोना उपचारका लागि थप्यो ६ हजार २ सय बेड

होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर : विवेकशील नेपाली दल

samajikkhabar.com