काठमाडौं : मलेसियाबाट आएको एउटै उडानबाट १६ शव ल्याइएको छ।
लामो समयदेखि अड्किएका नेपालीको शव ल्याइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। सोही उडानमा २६२ नेपाली यात्रुलाई पनि ल्याइएको हो।
बिहीबार साउदी अरबबाट ६ शव आएका थिए।
आजै मलेसियाबाट फर्किएको हिमालय एयरलाइन्सको जहाजबाट भने १५६ जना यात्रुमात्र आएका थिए।
सरकारले भदौ १६ गतेदेखि नियमित उडान खोल्ने भनेर घोषणा गरेको छ भने हाल चार्टर्ड उडानको अनुमति दिएको छ।
लकडाउनका कारण नियमित उडान बन्द हुँदा नेपालीका शव पनि विदेशमै अड्किएका छन्। यसरी हुने चार्टर्ड उडानबाटै ल्याउने सरकारले घोषणा गरेको छ।