samajikkhabar.com

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस:

आजको राशिफल : २०७७ भदौ ११ गते बिहीवार

५५ जना स्वास्थ्यकर्मीको राजीनामापछि नोबेलको आकस्मिक सेवा अवरुद्ध

बार्सिलोना छोड्दै मेस्सी

लक्षण नभएका कोरोना संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

मन्त्रालयको सिफारिस विना कोरोना संक्रमितलाई आइसोलेशन र आईसियूमा भर्ना नगर्न उर्दी

samajikkhabar.com