samajikkhabar.com

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

उपचारमा खटिँदै आएका चिकित्सकलाई कोरोना संक्रमण भएपछि एक हप्ताका लागि अस्पतालको ओपीडी सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए ।

अस्पतालका अनुसार दुईजना कन्सल्ट्यान्ट, ४ जना मेडिकल अधिकृत र एकजना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई कोरोनाको संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउनुपर्ने भएकाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. खड्काले बताए ।

यो पनि पढ्नुहोस:

५५ जना स्वास्थ्यकर्मीको राजीनामापछि नोबेलको आकस्मिक सेवा अवरुद्ध

बार्सिलोना छोड्दै मेस्सी

लक्षण नभएका कोरोना संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

मन्त्रालयको सिफारिस विना कोरोना संक्रमितलाई आइसोलेशन र आईसियूमा भर्ना नगर्न उर्दी

samajikkhabar.com