samajikkhabar.com

काठमाडौं : सरकारले ६० सह–सचिवको सरुवा गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह–सचिव दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगर पठाइएको छ । 

त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौँडा पठाइएको छ । सँगै राष्ट्रिय पुननिर्माण प्रधिकरणका चुडामणि पौडेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी पठाइएको छ । 

गृहमन्त्रालयका सह–सचिव महादेव पन्थलाई सामाजिक विकास मन्त्रालय, प्रदेश ५, बुटबल खटाइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रघुराम विष्ट सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी खटाइएको छ । 

कुन सहसचिवको सरुवा कता सूची हेर्नुहोस् 

यो पनि पढ्नुहोस:

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

कुलमानलाई पुन: नियुक्ती नगर्दा समर्थकले सरकार ढालिदिए भने आश्चर्यचकित नहुदा हुन्छ

चिनियाँ तथा अमेरिकी अधिकारीबीच व्यापार विवादबारे फोन वार्ता

samajikkhabar.com