samajikkhabar.com

विराटनगर : समयमै पारिश्रमिक नपाइरहेका ५५ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् ।

मंगलबार नोबेल मेडिकल कलेज विराटनगरकाे इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले नियमित पारिश्रमिक पाउनु पर्ने र माहामामारीको समयमा भत्ता बढाउनु पर्ने माग राखेका थिए ।

तर, अस्पतालपक्षले समयमै पारिश्रमिक दिने कुरा र तलब ५ हजार बढाइदिन भनेको कुरा नमानेपछि उनीहरुले राजीनामा दिएका हुन् ।

व्यवस्थापन पक्षले ४ हजारमात्रै तलब वृद्धि गर्ने भनेको छ । तर कर्मचारीहरूले ५ हजार माग गरेका थिए । १ हजारमा कुरा नमिल्दा र व्यवस्थापनकाे अन्य कमिकमजाेरीका कारण उनीहरूले राजीनामा दिएका हुन् ।

samajikkhabar.com