samajikkhabar.com

काठमाण्डाै : गएको २४ घण्टामा ६ सय ८१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

११ हजार पाँच सय २२ जनाको पीसीआर परीक्षण गर्दा जनामा ६ सय ८१ कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार नाै सय ३८ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक सय २० जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार सात सय पुगेको छ । अहिले ११ हजार एक सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १३ हजार पाँच सय ७१ जना क्वरेण्टीनमा रहेका छन् । 

गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २० पुगेको छ । 

samajikkhabar.com