samajikkhabar.com

काठमाडौं : शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका नागरिकमाथि दमन नगर्न साझा पार्टीले सरकारसँग आग्रह गरेको छ ।

साझा पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक भएको भन्दै जायज माग तत्काल सम्बोधन गर्न माग गरेको छ ।

कोरोना रोकथाममा गरिएको १० अर्ब रूपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने, विश्वसनीय नतिजा नदिने आरडीटी परीक्षण बन्द गरी विश्वसनीय मानिने पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन स्थलहरूको उपयुक्त व्यवस्थापन तथा अनियमिताको छानिवन गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका नागरिकको माग जायज रहेको भन्दै साझा पार्टीले भनेको छ, ‘सम्पूर्ण नेपालीको त्यो आवाजलाई बेवास्ता गरेर सरकारले अझ धम्कीको भाषामा जरिवाना र जेलको चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक विषय हो ।’

samajikkhabar.com