samajikkhabar.com

नेपाल आयल निगमले ५४करोड रुपैयाँ नाफा राखेर पेट्रोल डिजेल र मटितेलमा प्रतिलिटर दुई रुपैयाँ मात्रै मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भने भारी गिरावट आएको छ ।


‘भारतीय आयल निगमले पठाएको मूल्यसूचीअनुसार निगमलाई मार्च १५ देखि ३० सम्म ५४ करोड रुपैयाँ नाफा छ । तर स्वचालित मूल्य प्रणालीअनुसार आधार खुद्रा बिक्री मूल्यका आधारमा २ प्रतिशत मात्रै घटाउन/बढाउन पाइन्छ,’ निगमका निर्देशक पौडेलले भने।


स्रोतका अनुसार मार्च १ देखि १५ सम्म निगमलाई १८ करोड रुपैयाँ नाफा थियो । हवाई इन्धनमा भने प्रतिलिटर साढे ४ रुपैयाँ घटाइएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल मूल्य प्रतिलिटर १०६ रुपैयाँ र डिजेल/मटितेलको ९५ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । हवाई इन्धनको मूल्य भने प्रतिलिटर ९० रुपैयाँ छ।

samajikkhabar.com