samajikkhabar.com

काठमाडौ‌ : प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपीशर्माओलीडटकम (kpsharmaoli.com) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ ।

व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ ।

डोमेनहरुबारे जानकारी दिने साइट www.whois.com का अनुसार चीनको सिचुआँ प्रान्तका एक जनाले आफ्नो नाममा उक्त डोमेन दर्ता गरी अश्लील भिडियो अपलोड गरेका हुन् ।

यद्यपि नेपालमा भने यो साइट खुल्दैन । साइट खोल्दा ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशानुसार साइट बन्द गरिएको’ भन्ने सूचना आउँछ । तर, कहिलेदेखि यो साइट बन्द छ भन्ने स्पष्ट छैन ।

ओलीको सचिवालयले आफ्नो डोमेन नवीकरण नगर्दा यस्तो हुन गएको बताइएको छ । हाल प्रधानमन्त्रीको सचिवालयले www.kpsharmaoli.com.np ठेगानामा नयाँ व्यक्तिगत साइट दर्ता गराएको छ ।

samajikkhabar.com