samajikkhabar.com

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल कोरोना भाइरस संक्रमणको आशंकामा पुगेका एक बिरामी भागेका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको बाटो हुँदै नेपाल आएका साउदी अरबका एक नागरिक भागेको बताए ।

“रुघाखोकी र ज्वरो आएपछि करिब एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए तर जाचँ गर्दा थप कोरोनाको परीक्षण गर्न बाँकी थियो, उनलाई अस्पताल भर्ना गर्ने तयारीमा नै उनी भागका हुन् ।

हाल उनको खोजी भइरहेको छ तर उनी सम्पर्कमा नै आएका छैनन्,”उनले भने । कोरोना भाइरसको आशंकामा अस्पताल आएका बिरामी भर्ना नै नभइ बेखबर हुनुमा अस्पतालको कमजोरी भएको प्रवक्ता श्रेष्ठ बताउँछन् । चिकित्सक र ति साउदी अरबका नागरिकबीच भाषामा समस्या समेत भएको उनले स्वीकारे ।

उनले भने “ती नागरिक फारेसी भाषा बोल्ने नेपाली र अंग्रेजी नबुझने तर हाम्रा चिकित्सकहरु सो भाषा नबुझने हुँदा समस्या भयो ।” कोरोनका कारण मंगलबारसम्म ११ सयभन्दा बढीको मृत्यु भएको छ । कोरोनाका कारण ४५ हजारभन्दा बढी संक्रमित छन् ।

samajikkhabar.com