samajikkhabar.com

काठमाडौं : नेपाल टेलिभिजनका प्रथम समाचावाचक एवम् वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। 

२४ बर्षअघि ओपन हार्ट सर्जरी गरेका शर्माको ७२ बर्षको उमेरमा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको हो।  इन्फेक्सनको समस्या भएपछि शर्मालाई हिजो राति ८ बजे मनमोहन अस्पताल पुर्‍याइएको थियो।

गोरखापत्र दैनिकबाट सञ्चारकर्म शुरु गरेका शर्मा नेपाल टेलिभिजनका प्रथम समाचार वाचन थिए। शर्माले विश्व घटना नामक कार्यक्रम शुरु गरि लोकप्रियता हासिल गरेका थिए।   शर्माको जन्म वि.सं. २००४ सालमा इलामको फिक्कलमा भएको थियो।

samajikkhabar.com