samajikkhabar.com

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहायत मिलेनियम च्यालेन्ज (एमसीसी) संसदको यही (हिउँदे) अधिवेशनबाट परित हुने दावी गरेका छन्।

मंगलबार साँझ सम्पादकहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर एमसिसीबारे केही ‘कन्फ्युज’ देखिए पनि छिटै पास हुने विश्वास व्यक्त रेका हुन्।

‘पार्टीभित्र केही साथीहरूमा कन्फ्युज देखिएका कारण अध्ययन समिति बनाएका छौँ’, उनले भने, ‘अध्ययन समितिले साथीहरूमा रहेको कन्फ्युज स्पष्ट पारेपछि यो पारित हुन्छ।’

प्रधानमन्त्री ओलीइले आफूले छिटै मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारीसमेत दिए। ‘एउटा मिर्गौलामा सामान्य समस्या आएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘समस्या देखिएको मिर्गौला किन राख्ने? त्यसैले छिट्टै परिवर्तन (प्रत्यारोपण) गर्दैछु।’

उनले आगामी तीन वर्ष आफू प्रधानमन्त्री नै रहने भएकाले सक्रियतापूर्वक कुशलताका साथ काम गर्न मिर्गौला प्रत्यारोपण गर्न लागेको स्पष्ट पारे।

आलोपालोको कुरा गरे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टीमा हुने र आफू सरकारमै हुने बताए।

सरकारले मानवअधिकार, प्रेस स्वतन्त्रताप्रति प्रतिकूल हुने कुनै पनि कानुन नल्याउने भन्दै उनले अरूलाई क्षति पुर्‍याउने काम नहुन भन्ने उद्देश्यले केही कानुन ल्याइएको बताए।

‘सरकारले मानवअधिकार, प्रेस स्वतन्त्रताप्रति प्रतिकूल हुने कुनै पनि कानून ल्याउने छैन, तर अरूलाई क्षति पुर्‍याउने काम नहुन भन्ने उद्देश्यले केही कानुन ल्याइएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘यसले लोकतन्त्रलाई सन्तुलित राख्नेछ।’

कुनै निर्णय गर्नुअघि आफूले पत्रकार, प्रतिपक्षी, संविधान मान्ने, नमान्नेलाई सम्झने गरेको उल्लेख गर्दै केही विषयमा कसैलाई नराम्रो लाग्नु स्वभाविक भएको बताए।

‘तर, सरकार उद्देश्य त्यस्तो होइन’, प्रधानमन्त्रीले भने। अहिलेको ठाउँसम्म आइपुग्दा धेरैको बलिदान र संघर्ष रहेको स्मरण गर्दै उनले आफूले कुनै स्वार्थ राखेर काम नगरेको जिकिरसमेत गरे।

‘म सहिष्णु छु तर कहिलेकाँकी मैले केही भनेको भए तपाईंहरू (पत्रकार) सहिष्णुण भइदिनूस् न!’ प्रधानमन्त्रीको आग्रह छ, ‘मैले प्रधानमन्त्रीका हैसियतले पत्रकारले बलिङ गरेपछि मैले ब्याटिङ गरेको मात्र हो।’

आफू १४ बर्ष जेलबाट निस्केपछि गोसाइँकुण्ड यात्रामा जाँदा लेक लागेर झण्डै मर्न लागेको प्रसंगसमेत सुनाउँदै उनले आफूहरूले संघर्ष र बलिदानबाट लोकतन्त्र संस्थागत भएको बताए। उनले अघि भने, ‘अब लोकतन्त्र आफ्नो बाटो लागिसकेको छ तपाईहरू निर्धक्क हुनूस्।’ 

कार्यक्रममा विभिन्न सञ्चारमाध्यामका २५ जना सम्पादकसहित मन्त्री र उच्च पदस्थ कर्मचारीसमेत उपस्थित रहेका थिए।

samajikkhabar.com