samajikkhabar.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रष्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिने सवालमा सरकारले कुनै गल्ती नगरेको दाबी गरेका छन्।

वर्तमान सरकारले कुनै भ्रष्टाचार नगरेको र गर्ने भन्दै उनले यति होल्डिङ्सलाई लिजमा दिने काममा पनि सरकारले कुनै गल्ती नगरेको दोहोर्‍याए। 

बुधबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘नारायणहिटीको अगाडिको जग्गा व्यापारिक प्रयोजनका लागि लिजमा दिनुहुन्थ्यो कि हुँदैनथ्यो भन्ने बहसको विषय हुन सक्ला तर सरकारले दिने नीति लिइसकेकाले ती जग्गा लिजमा दिने काम भएको हो।

उनले भने ‘लेख्नुपर्ने मान्छेले १ अर्ब लेख्नुपर्नेमा बाई मिस्टेक ६ अर्ब लेखेको रहेछ। मूल्य पनि नपर्ने ठाउँमा लिजमा, भुलचुकले लेखिएको विषयलाई लिएर कुरा भएको रहेछ।’

samajikkhabar.com