samajikkhabar.com

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखमा सिफारिस अग्निप्रसाद सापकोटाका विषयमा मानवअधिकारवादीहरुले माइतीघरमा गरेको प्रदर्शनको कुनै तुक नभएकाे तर्क गरेका छन् ।

बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न मानवअधिकारवादीहरुलाई आग्रह गरेका हुन् ।

प्रचण्डले भने,‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा ।’

प्रतिपक्षी दलहरुले समेत समर्थन गरेको अवस्थामा माइतिघरमा दुःख नगर्न मानवअधिकारवादीहरुलाई प्रचण्डले सुझाव दिए ।

बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्धा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

samajikkhabar.com