samajikkhabar.com

काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धको क्रममा मारिएकामध्ये ५ हजारको मात्रै आफूले जिम्मा लिने बताउनुभएको छ ।

माघीको अवसरमा टुँडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो । 

धेरैले अहिले पनि १० वर्षे जनयुद्धको क्रममा १७ हजार मारेर आएको भनेर गलत तथ्याङ्क भन्ने गरेको बताउँदै दाहालले १२ हजार सामन्ती राजाहरुले मारेको बताउनुभयो ।

‘म तथ्याङ्क मात्रै सच्याउन चाहन्छु । मलाई अहिले पनि १७ हजार मारेर आएको भनेर भन्ने गरिन्छ ।  यो सत्य होइन । सत्य के हो भने हिजोका सामन्ती राजाहरुले १२ हजार मारेका हुन् । मलाइ ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’, उहाँले भन्नुभयो, ‘तर राजाहरुले मारेको १२ हजारको चाहिँ कुरा नहुने ? राज्यले मारेको पनि मेरै टाउको हाल्ने गरियो भने यो न्याय हुँदैन ।’

samajikkhabar.com