samajikkhabar.com

काठमाण्डौ, १८ मंसिर : साताको चाैंथाे कारोबार दिन नेप्से परिसूचकमा बढोत्तरी आएको छ । ८.७३ अंकको बढोत्तरी पश्चात परिसूचक ११२४.४७ विन्दुमा अडिएको छ । त्यस्तै ए लेभर कम्पनीका कारोबार संकेत देखाउने सेन्सेटिभ इन्डेक्स १.५२ अंकको बढोत्तरी पश्चात २४७.८६ विन्दुमा पुगेको छ ।

बुधबार कारोबार समयमा १६९ कम्पनीको ३० करोड ८२ लाख १४ हजार ४६५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज कारोबार रकमको आधारमा सबैभन्दा बढि नेपाल लाईफ इन्सोरेन्स कम्पनीको कारोबार २ करोड ८२ लाख बराबरको सेयर खरिदबिक्री भएको होे । त्यस्तै,एनआईसी एसीया बैंक, एनएमबि बैंक, हिमालयन ड्रिटिलरी, जनउत्थान सामुदायिक लघुबिक्त बिकास बैंक र एभरेष्ट इन्सोरेन्सको १ करोड भन्दा माथिकोे सेयर खरिदविक्री भएको छ ।

यस दिन सबैभन्दा धेरै प्रभु इन्सोरेन्स कम्पनिका सेयरधनिले आफ्नो सम्पति ८.५% ले बढाएका छन् । त्यस्तै गुराँस लघुबित्त, लुम्वीनी जनरल इन्सोरेन्स, महिला सहयात्रा लघुबित्त बित्तिय संस्थान, स्वरोजगार लघुबित्त बित्तिय संस्थान, सिभिल लघुबित्त बित्तिय संस्थान र दिव्यश्बरी हाइड्रोपावर कम्पनिका सेयरधनिले७% भन्दा बढि कमाएका छन् । त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा बरुण हाइड्रोपावर परेको छ । यसका सेयरधनिले ७.९५% गुमाएका छन् ।

आज कारोबार भएका १६९ कम्पनिमध्ये ११० वटा कम्पनिको सेयरमुल्यमा बढोत्तरी भएको छ भने ३१ वटा कम्पनिको सेयरमुल्यमा गिरावट आएको छ । त्यस्तै २७ वटा कम्पनीको सेयरमुल्यमा अगिल्लो दिनको मूल्यमा केही परिवर्तन भएको छैन ।

कारोबार समयमा सबै परिसूचकमा हरियो बक्ति बलेको छ । आज सबैभन्दा धेरै लाइफ इन्सोरेन्स, नन्–लाइफ इन्सोरेन्स र माइक्रोफाइनान्स परिसूचकमा क्रमश २.८१% , २.५६% र २.२२ % को भारी बढोत्तरी भएको छ ।

कारोबार रकममा सुधार र इनडेक्समा दुई दिन देखीको सकारात्मक परिवर्तनका कारण बजार बुलिस ट्रेण्डमा जानसक्ने बिश्लेषकहरु बताउदछन् । प्रथम त्रैमाशको रिर्पाट सार्वजानिक पश्चात घटेको बजारमा लाभांस दरभाउका कारणले बजार बढेको देखिन्छ । हाइड्रोपावर र इन्सोरेन्सको लाभांसको पर्खाइमा लगानीकर्ता रहेको आँकलन गर्न सकिन्छ ।

samajikkhabar.com