samajikkhabar.com

काठमाण्डौ, १७ मंसिर : साताको तस्रोे कारोबार दिन नेप्से परिसूचकमा ३.७५ अंकको बढोत्तरी आएको छ । बढोत्तरी पश्चात परिसूचक १११५.७५ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्समा ०.६३ अंकको बढोत्तरी पश्चात २४६.३५ विन्दुमा पुगेको छ ।

मंगलबार कारोबार समयमा १७२ कम्पनीको २६ करोड ६८ लाख ०१ हजार ५५८ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । सबैभन्दा बढि सिदार्थ बैंकको रु १ करोड ९३ लाख बराबरको प्रमोटर सेयर खरिदबिक्री भएको हो । त्यस्तै एनएमबि बैंक, नेपाल लाईफ इन्सोरेन्स कम्पनी, एनआईसी एसीया बैंक र जनउत्थान सामुदायिक लघुबिक्त बिकास बैंकको १ करोड भन्दा माथिकोे सेयर खरिदविक्री भएको छ ।

यस दिन सबैभन्दा धेरै घोडाघाडी लघुबित्त बित्तिय संस्थानका सेयरधनिले आफ्नो सम्पति १०% ले बढाएका छन् । त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङ्ग परेको छ । यसका सेयरधनिले ५.४१% गुमाएका छन् ।

samajikkhabar.com