samajikkhabar.com

काठमाण्डौ, १५ मंसिर : साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य बढोत्तरी भएकोे छ । कारोबार भएको केही समयपश्चात इनडेक्स घट्न सुरु भएपनि पुनः दुई पश्चात करेक्सन भइ हरियाली देखिएको छ । ०.०७ अंकको बढोत्तरी पश्चात परिसूचक १११२.८५ विन्दुमा अडिएको छ । त्यस्तै ए लेभर कम्पनीका कारोबार संकेत देखाउने सेन्सेटिभ इन्डेक्स ०.५० अंकको गिरावट पश्चात २४६.१५ विन्दुमा झरेकोे छ ।

आइतबार कारोबार समयमा १६१ कम्पनीको २० करोड ६३ लाख १४ हजार ३२३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज कारोबार रकमको आधारमा कुनै कम्पनीको कारोबार २ करोड बढि हुन सकेन । सबैभन्दा बढि नबिल बंैकको रु १ करोड ७५ लाख बराबरको सेयर खरिदबिक्री भएको हो । त्यस्तै एनएमबि बैंक, नेपाल लाईफ इन्सोरेन्स कम्पनी र एनआईसी एसीया बैंकको १ करोड भन्दा माथिकोे सेयर खरिदविक्री भएको छ ।

यस दिन सबैभन्दा धेरै नेपाल लाईफ इन्सोरेन्स कम्पनी र पोखरा फाइनान्स कम्पनिका सेयरधनिले आफ्नो सम्पति क्रमश ४.७३ र ४.४४% ले बढाएका छन् । पोखरा फाइनान्स कम्पनिले गत बर्षको आम्दानीबाट आफ्ना शेयरधनलिाई ७% बोनस सेयर र ७.२०% नगद लाभांस प्रस्ताव गरेको छ । त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा घोडाघोडी लघुबित्त परेको छ । यसका सेयरधनिले ९.९०% गुमाएका छन् ।

आज कारोबार भएका कम्पनिमध्ये ५७ वटा कम्पनिको सेयरमुल्यमा बढोत्तरी भएको छ भने ७९ वटा कम्पनिको सेयरमुल्यमा गिरावट आएको छ । त्यस्तै २५ वटा कम्पनीको सेयरमुल्यमा परिवर्तन भएको छैन ।

कारोबार समयमा होटल, हाइड्रोपावर, फाइनान्स, उत्पादन, लाइफ इन्सोरेन्स र अन्य परिसूचकमा सकारात्मक परिवर्तन भएको छ भने अन्य परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै लाइफ इन्सोरेन्स कम्पनिमा २.६१% को बढोत्तरी भएको छ भने व्यापार परिसूचकमा २.८७% को गिरावट आएको छ ।

samajikkhabar.com