samajikkhabar.com

देशका विभिन्न स्थानमा उप निर्वाचन सम्पन्न भएर अहिले मतगणना चलिरहेको छ । विभिन्न स्थानमा मतगणनाको नतिजा आएर विजयी समुह उत्सव मनाइ रहेका छन् भने केही स्थानमा मतगणना अझै जारी छ ।

धेरै जमात नतिजामा कुन पक्षको बहुमत आयो र निर्वाचन कस्तो भयो भन्ने जानकारी पाउन निकै उतसुत हुनेगर्छन । तर समाचार प्राप्त हुने मध्यम सही नहुँदा गलत खबर चाँडै फैलिने गर्दछ। प्रविधीको विकाससँगै अहिले आफ्नै मोबाईल र कम्प्युटरबाट सिदै उप-निर्वाचनको नतिजा हेर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगकाे वेबसाइट भित्र result.election.gov.np यस लिन्कमा गएर सम्पूर्ण स्थानको नतिजा सिदै हेर्न सकिन्छ ।

आयोगको वेब-साइटमा देखाइए अनुसार, वेबसाईट खोलेपछि नेपालको नक्सामा निर्वाचन भइरहेका स्थान देख्न सकिन्छ । जसमा हरियो रङमा प्रतिनिधिसभा, खैरोमा प्रदेश सभा र नीलोमा स्थानीय तहको निर्वाचन बारे जानकारी छ ।

नक्सामा उक्त रङ रहेको क्षेत्रमा क्लिक गरेपछि सो क्षेत्रमा उम्मेदवार र दलको नामावलीसहित पछिल्लो नतिजा हेर्न सकिन्छ ।

samajikkhabar.com