samajikkhabar.com

भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन्। यसअघि एमाले (हालको सतारुढ नेकपा) ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो। काँंग्रेसका भडेलले १३ हजार चार सय ४८ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपाका डीपी ढकालले ११ हजार एक सय ९७ मत पाएका छन्। तेश्रो स्थान नेपाल मजदुर किसान पार्टीका निरज लवजूले पाँंच हजार आठ सय २९ मत पाएका छन्। 

यसपटक यस क्षेत्रमा कूल ४५ हजार १५ जना मतदाता रहेका थिए। त्यसमध्ये ३२ हजार ३७ (७१ प्रतिशत) मत खसेको थियो। 

गएको निर्वाचनमा १२ हजार सात ८९ मत एमालेका हरिशरण लामिछाने विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौसय ७४ मत ल्याएका थिए। त्यस्तै सात हजार १९ मत ल्याएर नेपाल मजदुर किसान पार्टीका निरज लवजू तेस्रो स्थानमा रहेका थिए।

कास्की २ मा विद्याको अग्रता कायमै

विद्याको ८ हजार दुई सय ६५ मत , खेमराज पौडेलकाे ३ हजार ६ सय ६२ मत
kaski-2-election

कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की विद्या भट्टराईले सुरुदेखि नै अग्रता कामय गरेकी छन् । जारी मतगणनामा वडा नं ३३, २१ र २० को गणना गर्दासम्म उनले ८ हजार दुई सय ६५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सर ६२ मत प्राप्त गरेका छन्। यस्तै समाजवादीका धर्मराज गुरुङले १ सय ७२, साझा पार्टीकी रजनी केसीले ९० मत प्राप्त गरेकी छन्।

samajikkhabar.com