samajikkhabar.com

एपेन्डिक्स दुखेपछि मंगलबार बिहानै डाक्टरहरूले ओलीको शल्यक्रिया गरेका थिए। शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा संक्रमण (पेरिटोनिटिस) भएको थियो। डाक्टर रमेशसिंह भण्डारीको टिमले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्।

त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई भर्खरै मात्र भेन्टिलेटरबाट हटाइएको अस्पताल श्रोतले बताएको छ। हिजोदेखि नै प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएको थियो।

प्रधानमन्त्रीलाई पेरिटोनिटिस भएपछि चिकित्सकहरूको टोलीले निरन्तर निगारानीमा राखेका थिए। प्रधानमन्त्रीको स्वास्थ्यमा केही सुधार आएपछि बिहान करिब ८ बजे उनलाई भेन्टिलेटरबाट निकालिएको चिकित्सकहरूले बताएका छन्।

samajikkhabar.com