samajikkhabar.com

काठमाण्डौ, १० मंसिर ः साताको तेस्रोे कारोबारमा नेप्से परिसूचकमा ०.९१ अंकको गिरावट आएको छ । परिसुचक ११०९.१७ विन्दुमा अडिएको छ । त्यस्तै ०.११ अंकको बढोत्तरी पश्चात सेन्सेटिभ इन्डेक्स २४५.९ विन्दुमा पुगेको छ ।

मंगलबार बजारको अधिकाशं समय नेप्से इन्डेक्स १ अंकको घटबढमा रुमल्लिरहेको थियो । उप सूचकहरु मध्ये बैंक, ट्रेड र हाइडा«ेपावर बाहेक अन्य सबै उप–सूचकमा गिरावट आएको छ । ट्रेड उपसूचकमा ३.९९% को बढोत्तरी भएको हो ।


मंगलबार कारोबार समयमा १६५ कम्पनीको २९ करोड ५८ लाख ६९ हजार १८० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । कारोबार अवधिभर सबैभन्दा बढि नेपाल इन्भेस्टमेन्ट बैकको प्रमोटर सेयर खरिदबिक्री भएको छ । नेपाल इन्भेस्टमेन्ट बैक र सिटिजन बैकको प्रमोटर सेयर रु ३ करोड भन्दा माथिकोे सेयर खरिदबिक्री भएको हो । त्यस्तै नेपाल बैक, एनएमबि बैक र एनआइसी एसिया बंैकको१ करोड भन्दा माथिको सेयर खरिदविक्री भएको छ ।


यस दिन सबैभन्दा धेरै कमाउनेमा साल्ट ट्रेडिङ्ग र नेशनल हाइड्रोपावर कम्पनि परेका छन् । यिनीहरुको सेयरमूल्यमा ६% ले बढोत्तरी भएको हो । सबैभन्दा धेरै गुमाउनेमा यूनियन हाइडा«ेपावर कम्पनि परेको छ । यसका सेयरधनिले ५.६६% गुमाएका छन् ।

samajikkhabar.com