samajikkhabar.com

काठमाण्डौ, ९ मंसिर : साताको दोस्रोे कारोबारमा नेप्से परिसूचक परिवर्तन बिहिन भएकोे छ । कारोबार समयको सुरुको दुई घण्टासम्म ७ अंकले घटेको नेप्से अन्तिम दुई घण्टामा करेक्सन भइ हरियाली समेत देखिएता पनि अन्तिम समयमा इन्डेक्स अघिल्लो दिनको बराबर हुने गरी बन्द भएको हो । परिसूचक १११०.०८ विन्दुमा अडिएको छ । त्यस्तै ०.५२ अंकको बढोत्तरी पश्चात सेन्सेटिभ इन्डेक्स २४५.३८ विन्दुमा पुगेको छ ।

सोमबार कारोबार समयमा १६८ कम्पनीको २८ करोड ८८ लाख ५८ हजार ४३४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । कारोबार अवधिभर सबैभन्दा बढि नेपाल इन्भेस्टमेन्ट बैकको प्रमोटर सेयर खरिदबिक्री भएको छ । यसको रु ३ करोड ६० लाख बराबरको सेयर खरिदबिक्री भएको हो । त्यस्तै नेपाल बैक र एनएमबि बैकको क्रमश ३ करोड ५२ लाख र २ करोड ६ लाख बराबरको सेयर खरिदविक्री भएको छ ।

यस दिन सबैभन्दा धेरै मिथिला लघुबित्त बित्तिय संस्थानका सेयरमूल्यमा ५.५४% बढोत्तरी भएको हो । सबैभन्दा धेरै गुमाउने पञ्चकन्या माइ हाइड्रोकम्पनि परेको छ ।

samajikkhabar.com