samajikkhabar.com


काठमाण्डौ ८ मंसिर : साताको पहिलो कारोबारमा नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएकोे छ । परिसूचकमा १०.५४ अंकको गिरावट पश्चात १११०.०८ विन्दुमा अडिएको हो । त्यस्तै २.०३ अंकको गिरावट पश्चात सेन्सेटिभ इन्डेक्स २४४.८६ विन्दुमा पुगेको छ ।

कारोबार समयको शूरुमा नेप्से परिसूचक करिव २० मिनेट १ अंकको घटबढमा स्थिर भएता पनि त्यसपछि निरन्तर ओरालो लागयो । अन्तिम समयमा केही कम्पनिका सेयरमा खरिद उछाल बढि आएपश्चात केही अंकले बढोत्तरी भएता पनि अन्तत दोहोरो अंकले नै पहिरो गयो ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल परिवर्तन भएपश्चात नेप्सेमा लगातार दुई दिन दोहोरो अंकको गिरावट भईसकेको छ । सरकारी तवरमा नेप्से बढाउनका लागि कुनै पहल नभएको जानकारहरु बताँउछन् । देशमा लगानीको वातावरण भित्राउनका लागि नेप्से इन्डेक्सको महत्वपूर्ण भूमिका हुने हुदाँ पनि सरकारले यस तर्फ ध्यान नदिदा नेपाली अर्थतन्त्रमा दूर्वाग्यपूर्ण अवस्था आउनसक्ने जानकारहरुको बुझाई रहेको छ ।

आइतबार कारोबार समयमा १६२ कम्पनीको २८ करोड ५ लाख ३४ हजार ४१५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबारको अवधिभरमा सबैभन्दा बढि एनएमबि बैकको २ करोड ११ लाख बराबरको सेयर खरिदविक्री भएको छ । त्यस्तै नेपाल बैक र सानाकिसान बिकास बैक १ करोड रुपयाँ भन्दा बढिको सेयर किनबेच भएको छ ।

यस दिन सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनिका सेयरधनिले ४% ले कमाएका छन्, नेशनल हाइड्रो पावर कम्पनिको हाल सेयरमूल्य रु ५२ प्रतिसेयर रहेको छ ।

सबैभन्दा धेरै गुमाउने साल्ट ट्रेडिङ्ग कम्पनि परेको छ । यसका सेयरधनिले ९.९६% गुमाएका छन् ।

samajikkhabar.com