samajikkhabar.com

‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक्स २०१९ मा पाँच वर्षपछि पहिलोपटक विश्व शान्तिको स्तरमा सुधार आएको रिपोर्टले देखाएको छ । २०१९ को रिपोर्टअनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको पाइएको हो । सूचीमा आइसल्यान्ड पहिलो स्थान कायम राख्न सफल भएको छ । रिर्पोटका अनुसार आइसल्यान्डमा प्रति एकलाख मानिसमा वार्षिक १८ हत्या मात्र हुने गरेको छ । त्यस्तै दोस्रोमा न्यूजील्यान्ड त्यसपछि पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष दशमा छन् । स्वीट्जरल्यान्ड ११ मा छ भने दक्षिण एसियाबाट भूटान १५ र मलेशिया १६ अनि ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा रहेका छन् ।

दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण मुलुक हो । नेपाले यो वर्ष १२ स्थानले माथि आउँदै ७६ मा पुगेको छ । नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ । तर यता भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष १४१ मा पुगेको हो । त्यस्तै पाकिस्तान १५३ मा रहेको छ । चीन पनि नेपालभन्दा तल ११० औँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ । यो वर्ष अफगानिस्तान सिरियालाई प्रतिस्थापन गरि विश्वकै सबैभन्दा अशान्त देश बन्न पुगेको छ ।

थप विवरण

samajikkhabar.com