samajikkhabar.com

३० कार्तिक । काम नगर्ने ठेकेदारको फोटो सार्वजनिक स्थानमा सवारीहरुमा टाँस्ने अभियान अब बिस्तारै देश ब्यापी जान थालेएको छ ।

खाडीचौर-मुडे-चरिकोट खण्डको विस्तारको काममा लापरवाही गर्दा सास्ती भोग्नुपरेपछि स्थानीबासीले ठेकेदारको फोटो सार्वजनिक स्थामना टाँसन सुरु गरेका हुन् ।

अभियानको सफल प्रयोग भक्तपुरमा-नगरकोट देखिए पछी यस्तै अभियान अब खाडीचौर-मुडे-चरिकोट खण्डको लापर्बाही विरुद्ध देखिएको छ ।

भक्तपुरको घटना पनि हेर्नुहोस्

खाडीचौर-चरिकोट सडकको विभिन्न खण्ड खाल्डाखुल्डी र हिलाम्मे हुँदा दैनिक सयौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्दै आएका छन् । यो सडकको खाडीचौर मुडे खण्डमा केही काम भएपनि मुडे-चरिकोट खण्डको अवस्था जीर्ण छ । त्यसैले मुडे-चरिकोट खण्डको जिम्मा ठेकेदार कम्पनी सकिल हेदर-शंकरमाली-सुनौला खिम्ती जेभीले पाएको छ ।

यसको प्रमुख जिम्मेवार रहेका शंकर माली जेभीका प्रवन्ध निर्देशक दीपक सापकोटको तस्वीर अहिले सवारी साधनदेखि विभिन्न सार्वजनिक स्थानमा टाँसिएको देखिएको छ । ठेकदारको नाम लेख्दै ‘तपाई मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेक्दार मै हुँ’ ‘कालापत्रे कहिले हुन्छ ?’ भनेर प्रश्न गरेको व्यानर बनाएर बसमा तथा चरिकोट चोक-चोकमा निर्माण व्यवसायी सापकोटाको फोटो टाँसेका छन् ।

२ वर्षभित्र गर्नुपर्ने काम ४ वर्षमा पनि पुरा नभएपछि ठेकेकदारलाई सडक विभागले जरिवना पनि तिराउँदै आएको छ । खाडीचौर-मुडे खण्डमा भने सिमाञ्चल-गौरी पार्वती-सुनौलो खिम्ती जेभीले काम गर्दै आएको छ ।

samajikkhabar.com