samajikkhabar.com

हामीले धेरै थरीका बिरोध अनी आन्दोलनहरु देख्ने गरेका छौं । ति मध्ये केही पुरातन हुन्छन भने कहिले काहिँ फरक-फरक किसिमका बिरोध देख्ने गरिन्छ। यस्तै अनौठो तर निकै प्रभावशाली लाग्ने बिरोध नगरकोटमा देखियो ।

नगरकोटका सडकमा एक जना व्यक्तिको तस्विर कतै टाँसिएका अनी कतै टाँगिएका छन। प्राय: तस्विर टाङ्ने कार्य कसैको स्वागतमा गरिन्छ तर यहाँ यस व्यक्तिको तस्विर ठाउँं-ठाउँंमा टाङ्नुको पछाडिको कारण भनेको बिरोध हो। र तस्बिरमा ताङिएका व्यक्ति सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारी हुन, जो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी पनि हुन् ।

कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्म १५.६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि उनीसँग २०७१ असार २ गते सम्झौता भएको स्रोतको दावी छ । सडक कालोपत्रे नगरेपछि स्थानीयले उनीप्रति आक्रोश स्वरूप यस्तो खाल्को बिरोध गरेका हुन।

उपत्यका वरीपरीका मुख्य पर्यटकिय स्थलहरु मध्यको एक पारीचित स्थल हो नगरकोट, स्थानियका अनुसार सडक नबनेका कारण यहाँ आउने पर्यटकहरुले दैनिक सास्ती खेपिरहेका छन् । त्यसैले आजित भएका स्थानियहरुले अधिकारीको फोटो सडकका पोलदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा समेत टाँसिएको पाइएको छ ।

नगरकोटसम्मको बाटो बनाउनका लागि सैलुङ एआइपिएल जेभीसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता अनुसार ठेकेदार २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो। त्यसबेला नबनेपछि कन्स्ट्रक्सनले पटकपटक म्याद थप गर्दै आएको छ।

samajikkhabar.com