samajikkhabar.com
दुर्घटना

काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ६६ प ७४७४ नम्बरकोे मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक छवि भण्डारीको मृत्यु भएको हो ।

यस्तै नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा १५च ३५६७ नंको बोलेरो जीपले सोही दिशाबाट आउँदै गरेको बा ८३ प ८७३४ नम्बरको स्कुटरलाई चाँगुनारायण–८ जितपुरमा ठक्कर दिँदा स्कुटर चालक सुनिता जिमी राई, बोलेरो जीपका चालक मङ्गलबहादुर तामाङ तथा सबारीमा सबार सुवास तामाङ र गोकुल ढकाल घाइते भएका छन् ।

samajikkhabar.com