samajikkhabar.com
प्रमोदकुमार साहविरूद्ध पक्राउ पूर्जी जारी

जनकपुर विमानस्थल स्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साह विरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले सांसद प्रमोदकुमार साहविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले सांसद साहलाई पक्राउ गर्नका लागि महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरिसकेको छ ।

सांसद साह अहिले काठमाडौंमा छन् । सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए ।

samajikkhabar.com