samajikkhabar.com
मोहम्मद अफताब

सामूहिक हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई निशर्त रिहाइ गर्नु पर्ने माग राख्दै नेपाली कांग्रेसले रौतहटमा प्रदर्शन गरेको छ । २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका आलममाथि प्रहरीले अनुसन्धान गर्न नहुने माग राखेर कांग्रेसले सोमबार रौतहटका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो ।

कांग्रेस रौतहट–४ ले पार्टीको जिल्ला कार्यसमितिको निर्देशन अनुसार विरोध कार्यक्रम गरेको बताएको छ। वृन्दावन नगरपालिका मेयर समेत रहेका यादवले राज्यले अपराधी हो की होइन भन्ने विषयमा अनुसन्धान अगाडि बढाए आफूले आन्दोलनलाई निरन्तरता दिने बताए । कांग्रेस रौतहटका जिल्ला सभापति कृष्णप्रसाद यादवले कम्युनिष्ट पार्टीको सरकारले कांग्रेस कार्यकर्ताको मनोबल गिराउन आलमलाई पक्राउ गरेको दाबी गरे । बम विस्फोटमा परी घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तर लगायतलाई जिउँदै इट्टाभट्टामा जलाइएको आरोपमा पूर्व मन्त्री आलमलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । रौतहट, २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आलमलाई संसद सचिवालयबाट निलम्बन गरिसकिएको छ ।

samajikkhabar.com